आज एउटै मञ्चमा देखापर्दै प्रचण्ड, बाबुराम, वैद्य र विप्लव
काठमाडौं । माओवादी जनयुद्ध एकसाथ लडेर छिन्न भिन्न भएका तत्कालीन माओवादी पार्टीका नेताहरू आज एउटै मञ्चमा देखिने भएका छन् ।
शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आयोजना गर्न लागेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा जनयुद्धकालीन माओवादी नेताहरू एकसाथ देखिन लागेका हुन् ।
आयोजक संस्थाले प्रधानमन्त्री प्रचण्डका अतिरिक्त नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा माओवादी (बहुमत)का नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायत नेतालाई निम्त्याइएको जनाएके छ ।
कार्यक्रम अहिले मध्याह्न १२ बजे नेपाल प्रज्ञा परिषदमा हुँदैछ ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया