अफगान सुरक्षा फौजको कारबाहीमा आइएसका ६ लडाकु मारिए
अफगानिस्तान । अफगानिस्तानको हेरात प्रान्तमा यहाँको सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि ६ जना आइएस लडाका मारिएका छन् । सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुख अब्दुल्लाह इनसाफले सो कुराको जानकारी दिएका छन् । उनका अनुसार यहाँको सुरक्षा फौजले आइएसकाविरुद्धमा गरेको कारबाहीका क्रममा ती लडाका मारिएका हुन् ।
शनिबार भएको सो कारबाहीका क्रममा मारिनेमा एकजना महिला पनि परेका बताइएको छ । प्रवक्ता इनसाफले हेरात प्रान्तको रबट काबुली गाउँमा आइएसले आश्रयस्थल नै बनाएर हिंसात्मक क्रियाकलाप गरेको सूचनाका आधारमा सो कारबाही गरिएको थियो ।
त्यस कारबाहीमा परेर अरु केही लडाका घाइते पनि भएका छन् । उक्त क्षेत्रमा अफगान सरकारको सुरक्षा फौजले खोजी अभियान सञ्चालन गरिरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया