बराबरीमा रोकिए रियल र बेटिस

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र रियल बेटिस बराबरीमा रोकिएका छन् ।
गएराति सम्पन्न खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् ।
खेल दौरान रियलले पटकपटक गोलको अवसर सिर्जना गरेको थियो । तर उसले त्यसको उपयोग गर्न चुक्यो ।
खेलको १२ औं मिनेटमा करिम बेन्जिमा गोल गरेका थिए तर भिएआरले त्यसलाई मान्यता दिएन ।
योसँगै रियल २४ खेलमा ५३ अंक जोडेर दोस्रो स्थानमा छ भने
बेटिस ४१ अंकका साथ पाँचौं स्थानमा छ ।
गएराति नै एथ्लेटिक बिल्बाओ र रायोभालेकानोबीच पनि अर्को खेल भयो । यो पनि गोलरहित बराबरीमा सकियो ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया