सत्ता गठबन्धन ९ दलले के–के गरे निर्णय ?
काठमाडौं । सत्ता साझेदार दल कांग्रेस र माओवादी केन्द्रसहितको ९ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरूलाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ ।
राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको मंगलबार सिंहदरबारमा बसेको बैठकले सबै मतदातालाई तोकिएको समयमा काठमाडौं आइपुग्न निर्देशन दिएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
‘बैठक सत्ता भागबण्डाको विषयमा प्रवेश गरेको छैन । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भयो । भोलि बिहान ११ बजेसम्म राजधानी बाहिर रहेका मतदातालाई फर्किन निर्देशन दिएको छ’, उनले भने ।
खड्काका अनुसार मत बदर हुन नदिन संघ र प्रदेशका सांसदहरूलाई संयुक्त रूपमा प्रशिक्षण राखिएको छ । सत्ता भागबण्डामा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि केन्द्रित रहने उनले बताए ।
बैठकपछि नेकपा एसका महासचिव डा. बेदुराम भुसालले गठबन्धनलाई थप विस्तार गर्नेगरी छलफल भएको बताए ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया