आज अन्तर्राष्ट्रिय महिला दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । ११३ औं महिला अन्तर्राष्ट्रिय दिवस आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा नेपाल सरकारले पनि सार्वजनिक बिदा दिएको छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएकी थिइन् । यसैको सम्झनामा हरेक मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउने प्रचलन छ ।
नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नारा दिएर दिवस मनाइँदैछ ।
दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतले शुभकामना व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया