यमनमा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु
यमन । यमनमा भएको डुँगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो ।
यमनको उत्तरी रेड सीमा सो डुँगा दुर्घटना भएको हो । उक्त डुँगामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ ।
उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुँगा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ ।आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुँगा डुबेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए ।
डुँगा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जिवीतै उद्धार गरेर अस्पताल पु-याइएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया