टर्की र सिरियाका भूकम्प पीडितलाई रोनाल्डोको ३ लाख डलर सहयोग
काठमाडौं । फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै गएको महाविनाशकारी भूकम्प पीडितका लागि सहयोग गरेका छन् । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रोनाल्डोले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको विमान त्यस क्षेत्रमा पठाएका हुन् ।
रोनाल्डोले टर्की र सिरियाको प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग गर्न पाल, खाना प्याकेज, तकिया, कम्बल, ओछ्यान, बच्चाको खाना, दूध, र चिकित्सा सामग्रीलगायतका लागि ३ लाख ५० हजार अमेरिकी डलरबराबरको सहयोग गरेका हुन् ।
विगतमा पनि उनले बच्चाको मस्तिष्कको शल्यक्रियाको ८३ हजार अमेरिकी डलर कोष तिरेर र आफ्नो जन्मस्थान पोर्चुगलस्थित क्यान्सर केन्द्रमा एक लाख ६५ हजार दान गरेर आफ्नो उदारता देखाइसकेका छन् । सेभ द चिल्ड्रेन, युनिसेफ र वल्र्ड भिजनका लागि राजदूतका रूपमा काम गरेका रोनाल्डोले कोरोना महामारीको समयमा पोर्चुगलका अस्पतालहरूलाई पनि १० लाख डलर सहयोग गरेका थिए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया