भावी राष्ट्रपतिलाई देशको अभिभावक बन्न सुझाव दिँदै ओलीले दिए विद्यालाई १०० पूर्णांक

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले भावी राष्ट्रपतिलाई देशको अभिभावक बन्न सुझाव दिँदै राष्ट्रपति विद्यादेवि भण्डारीकाे कामलाई १०० पूर्णांक दिएका छन् ।
बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले भण्डारीको प्रशंसा गरेका हुन् । उनले निर्वाचित हुने नयाँ राष्ट्रपतिले मुलुकको सार्वभौमसत्ता र स्वाधीनता कायम राख्दै राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए ।
‘निर्वाचित हुने नयाँ राष्ट्रपतिले आफ्नो सानो समूहको हित हेर्ने हैन । देशप्रति बफादार भएर काम गर्नुपर्छ ‘, उनले भने,‘वर्तमान राष्ट्रपतिको भूमिकालाई अंक दिनपरे सय दिन्छु । उहाँले राम्रो काम गर्नुभएको छ’, उनले थपे, ‘अघिल्ला दुई राष्ट्रपतिले आफ्नो कार्यकालमा राम्रो काम गर्नुभयो । अहिलेको व्यवस्था र प्रणालीलाई मन नपराउने र आफ्नो स्वार्थमा लाग्ने समूहले मात्र विरोध गरेका हुन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया