राष्ट्रपति निर्वाचनमा कस-कसले भोट हालेनन् ?
काठमाडौं । बिहिबार भएकाे राष्ट्रपति निर्वाचनमा ८३१ जनाले मात्र मतदान गरेका छन् । कुल ८८२ मतदातामध्ये ८३१ मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसारमतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका छन् । मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक गरी १५ सङ्घीय सांसद तटस्थ रहेका थिए । त्यस्तै, मतदानमा अनुपस्थित भएकामध्ये सङ्घीय सांसद चन्द्र भण्डारी भारतमा उपचारत छन् भने वर्षमान पुन चीनमा उपचारत छन् ।
लक्ष्मी कोइरीको मुद्दा रहेको, टेकबहादुर गुरुङ निलम्बनमा परेको, रवि लामिछाने पदमुक्त भएपछि उक्त सिट खाली भएको छ । यसै गरी, सासंद सहनाज रहमानको मृत्यु भएको छ । त्यस्तै, अनुपस्थित प्रदेशसभा सदस्यमध्ये राप्रपाका २८ र नेमकिपाका तीन प्रदेशसभा सदस्य तटस्थ, जनता समाजवादी पार्टी नेपालको एक सदस्य अनुपस्थित रहेका थिए ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया