यस्ता छन् बिहान मनतातो पानी खानुका फाइदा
एजेन्सी । पानी स्वस्थ जीवनका लागि अपरिहार्य छ । भनिन्छ, हाम्रो शरीरमा कुल तौलको ६० प्रतिशत पानी हुन्छ । शरीरमा पानीको कमी हुँदा यसले विभिन्न रोग निम्याउँछ । स्वास्थ्य विज्ञहरूका अनुसार मानिसले दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ ।
तर पानी पिउने भन्ने बित्तिकै एकैचोटी धेरै पानी भने पिउनु हुँदैन् । यसको लागि पनि उपयुक्त समय र तरीका आवश्यक छ । प्रायः मानिसहरू दिउँसोको समय अधिक पानी पिउँछन् । तर बिहान खाली पेटमा मनतातो पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ ।
चिसो पानी भन्दा मनतातो पानी शरीरका लागि फाइदाजनक छ । बिहान मनतातो पानी पिउनाले पाचन प्रक्रियामा मद्दत गर्छ । त्यसैले खाली पेटमा मनतातो पानी पिउने बानी बसाल्नु पर्छ । खाली पेटमा एक गिलास मनतातो पानी पिउनाले पाचन प्रणालीलाई स्वस्थ राख्छ । दैनिक बिहान पानी पिउने बानीले ग्यास र पेट फुल्ने समस्याबाट मुक्ति मिल्छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार खाली पेटमा तातो पानी पिउनाले भोक पनि बढ्छ । यसैगरी टाउको दुख्ने समस्यन र थकान छ भनेपनि बिहान मनतातो पानी पिउने बानीले सो समस्याबाट छुटकारा मिल्छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया