सत्तारुढ गठबन्धनबाट उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार, को-को हुन्

काठमाडौं । सत्तारुढ गठबन्धनले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको ९ दलको बैठकले जनता समाजवादी पार्टी (जसपा)बाट पुरुष र जनमत पार्टीबाट महिला उम्मेदवार उठाउने निर्णय गरेको हो ।
जसपाबाट संसदीय दलका नेता रामसहाय यादव उम्मेदवार रहनेछन् । जनमतले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया