उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार छनोट गर्न गठबन्धनलाई सकस

काठमाडौं । उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलहरुलाई सकस परेको छ ।
उपराष्ट्रपति पदका लागि शनिबार भएको मनोनयन दर्तामा सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव, प्रमिलाकुमारी यादव र जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएपछि आधिकारिक निर्णय लिन गठबन्धन दलहरूलाई सकस परेको हो ।
आधिकारिक उम्मेदवारको विषयमा निर्णय लिन आइतबार ८ दलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ ।
पाँच बजे अन्तिम नामावली प्रकाशन हुँदैछ । यसअघि १२ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसैको ८ दलको बैठकले उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो । तर जसपाबाट नै दुई जना र जनमत पार्टीबाट एक जनाको उम्मेदवारी परेपछि आधिकारिक निर्णय लिन गठबन्धनलाई अप्ठ्यारो परेको छ ।
एक नेताका अनुसार उम्मेदवारी फिर्ता लिन तीनै जनाले मानेका छैनन् । विपक्षी एमालेबाट उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी परेको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया