अमेरिकासँग बन्दी आदानप्रदानको सहमति भएको इरानको भनाइ
काठमाडाैं । इरानले अमेरिकासँग दुवै देशका जेलमा रहेका आफ्ना र अमेरिकी नागरिकहरुको आदानप्रदानको सहमति भएको जनाएको छ । इरानका विदेशमन्त्रीले सो कुराको जानकारी दिएका हुन् । तर अमेरिकाले भने यस कुराको खण्डन गरेको छ ।
इरानले दुई देशका बीचमा बन्दी आदानप्रदानको सहमति भएको जनाएको केही समयमा नै अमेरिकाले सो सहमति नभएको प्रतिक्रिया दिएको समाचारमा जनाइएको छ । अघिल्लो हप्ता नै अमेरिकासँग सो सहमति भएको इरानले सोमबार जनाएको छ । इरानका विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहीनले सो कुराको जानकारी सोमबार एक टेलिभिजनमार्फत् दिएका थिए ।
इरानको सरकारी समाचार समिति आइआरएनले इरानका विदेशमन्त्रीको भनाइलाई उद्धृत गर्दै दिएको समाचारमा उनले यदि अहिले भएको सहमति अनुसार नै प्रक्रिया अघि बढ्यो भने आगामी केही दिनमै यी दुई देशका बन्दी एक आपसमा आदानप्रदान गर्न सकिने छ भनेका छन् ।
दुबै देशले गत वर्ष सन् २०२२ को मार्च महिनामा नै सहमति गरेका र अहिले त्यो सहमति बमोजिम इरानका जेलमा रहेका अमेरिकी र अमेरिकाका जेलमा रहेका इरानी बन्दी आदानप्रदानको काम अबका केही दिनमा हुने उनको भनाइ थियो । तर उता अमेरिकाले भने सो सहमतिको नजिक नपुगिएको जनाएको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया