NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

पोखरा विमानस्थलमा ह्यांगर सञ्चालन गर्न कोही तयार नभएपछि पुनः बोलपत्र आव्हान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्यांगर सञ्चालनको लागि कोही तयार नभएपछि पुनः बोलपत्र आव्हान गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत २० माघमा विमानस्थलमा रहेको ६३४३ वर्गमिटर क्षेत्रफलको ह्यांगर भवनमा वायुयान मर्मत सेवा सञ्चालनको लागि बोलपत्र आव्हान गरेको थियो ।

सूचना अनुसार तोकिएको समयमा कुनै पनि बोलपत्र प्राप्त नभएपछि एक महिनापछि प्राधिकरणले पुनः ठेक्का खोलेको हो ।

प्राधिकरणले अबको १५ दिनमा बोलपत्र फारम खरिद गरी १६ औं दिनको १२ बजेभित्र कार्यालयमा विवरण पेश गर्न जानकारी गरएको छ ।