रियलमीद्वारा ‘अचिभर रिटेल डिस्ट्रिब्युटर’ लाई स्कुटर वितरण

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको छ । यस वर्षको दसैँको अवसर पारेर ल्याइएको रिटेल स्किमअन्तर्गत रियलमीको २५० भन्दा बढी स्मार्टफोन सेटहरु बिक्री गर्न सफल २१ विक्रेताहरुलाई टिभिएस एनटर्क स्कुटर उपहारको रुपमा प्रदान गरिएको हो ।
२१ मध्य ७ वटा स्कुटरहरु गत आइतबार नक्साल स्थित जगदम्बा मोबाइल्सको कर्पोरेट कार्यालय लक्ष्मण बाबु भवनमा वितरण गरिएको थियो भने बाँकी सम्बन्धित स्थानमा नै वितरण गरिने कम्पनीले जनाएको छ ।
रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, ‘सर्वप्रथम त स्कुटर जित्न सफल सबै विक्रेताहरुलाई बधाई दिन चाहन्छु । साथै रियलमीका स्मार्टफोनहरु आम उपभोक्ताहरु माझ सहज रुपमा पु¥याउन सहयोग गर्ने सम्पूर्ण विक्रेताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु, मलाई आशा छ आउँदा दिनहरुमा यसै गरी रियलमीलाई साथ र सहयोग प्रदान गर्नुहुनेछ ।’
उक्त स्किम अन्तर्गत काठमाडौंको डिजि मल्टी ब्राण्ड शोरुम, युनिक मोबाइल हब, खुलाल ट्रेड लिंक, पिआर ट्रेडर्स, समिप मोबाइल र कालिन्चोक मोबाइल, दमकबाट अम्बे मोबाइल एन्ड इलेक्ट्रोनिक्स, बाग्लुङबाट गौरव इलेक्ट्रोनिक्स, हेटौँडाबाट न्यु युनिक वाच एन्ड मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए ।
त्यस्तै गरी जनकपुरबाट एम टेक, ओम मोबाइल सेल्स एण्ड सर्भिस, सुनिल मोबाइल, साम्संग मोबाइल् एन्ड इलेक्ट्रोनिक, वीरगन्जको सुजित मोबाइल सेन्टर र श्री गणेश मोबाइल सेन्टर, नेपालगन्जबाट किरण मोबाइल सेन्टर, धनगढिबाट न्यु सिम्रन ट्रेडर्स, न्यु रामेश्वरम सप्लायर्स र दाङको न्यु सभियोग मोबाइल शप र बुटवलबाट निश्चल मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया