कार्यपालिका बैठक भत्ता शिक्षक शिक्षिकाको तलबमा
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षक शिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ ।
उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकशिक्षिकलाई मासिक जनही २० हजारका दरले तलब प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिकाले शैक्षिक क्षेत्रमा प्राथमिकता दिएर काम गर्दै आएकामा आगामी वैशाखदेखि कम्तीमा दुईवटा स्कुल बस सामुदायिक विद्यालयलाई प्रदान गरी सेवा सञ्चालन गर्न लागेकोे छ ।
गाउँपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता, असहाय र गरिबका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको उनले बताए । गाउँपालिकाभित्र करको दायरमा आएका व्यवसायीलाई २० प्रतिशत एम्बुलेन्स सेवामा छुटको व्यवस्था गरिएको पनि जनाइएको छ ।
गाउँपालिकाले एम्बुलेन्स खरिद गरी नाफामुखीभन्दा पनि सेवामूलक भावनाले काम गर्दै आएको पालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। एम्बुलेन्सलाई आवश्यक पर्ने तेल र चालकको तलबका लागि सहयोग मिल्दै आएको उनले बताए ।
नागरिक सेवा कक्ष
त्यसैगरी, गाउँपालिकाले कार्यालयको पहिलो तलामा नागरिक सेवा कक्ष सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले सेवा लिन कोठा–कोठा चाहर्नुपर्ने समस्या बढेकाले एकै स्थानबाट सेवा दिन उक्त कक्ष सुरुआत गरिएको हो । निवेदन, फोटोकपी, नक्सापासलगायत सेवामा गाउँपालिकाले निःशुल्क गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया