आरबी लाइपजिगको पोस्ट्मा हालाण्डको गोल वर्षा, सिटी क्वाटरफाइनलमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल यात्रा तय गरेको छ ।
राउण्ड अफ १६ अन्तर्गत गएराति सम्पन्न दोस्रो लेगमा जर्मन क्लब आरबी लाइपजिगलाई ७–० को फराकिलो गोल अन्तरले हराउँदै सिटी विजयी बनेको हो । समग्रमा सिटीले ८–१ को जित निकाल्यो ।
योसँगै उसले अन्तिम आठको स्थान सुनिश्चित गरेको छ ।
सिटीको जितमा अर्लिङ हालाण्ड एक्लैले ५ गोलको योगदान दिए । त्यसैगरी, इल्के गुन्डोगान र केभिन डी ब्रुएनले पनि समान एक÷एक गोल गरे ।
हालाण्डले पहिलो हाफमै ह्याट्रिक पूरा गरे । उनले २२ औं, २४ औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । दोस्रो हाफको ५३ औं र ५७ औं मिनेटमा थप गोल गर्दै उनले सिटीको अग्रतालाई थप फराकिलो पारे ।
४९ औं मिनेटमा गुन्डोगान र इन्जुरी समयमा ब्रुएनले थप गोल गर्दै सिटीलाई ७–० का फराकिलो जित दिलाए ।
योसँगै हालाण्ड च्याम्पियन्स लिगको एउटै खेलमा पाँच गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । हालाण्डको उमेर अहिले मात्र २२ वर्ष छ । युरोपको एलिट क्लब प्रतियोगितामा सबैभन्दा छिटो ३० गोल गर्ने अर्को रेकर्ड पनि उनको नाममा दर्ता भएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
-
सरकार र आन्दोलनरत चिकित्सक प्रतिनिधिबीच वार्ता जारी
-
ट्रम्पले फेरि लिए युटर्न, युक्रेनलाई थप हतियार दिने गरे घोषणा
-
भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन सिन्धुपाल्चोक प्रशासनको आग्रह
प्रतिक्रिया