चेल्सी किन्न अगाडि सर्यो एथेल पार्टनर्स
काठमाडौं । पोर्चुगलका इन्टरप्रेनर रिकार्डो सिल्भाको नेतृत्वमा रहेको लगानी समूह एथेल पार्टनर्सले प्रिमियर लिग क्लब चेल्सी किन्न बोलपत्र पेश गरेको छ ।
चेल्सीका लागि एथेलले २ अर्ब पाउण्डको प्रस्ताव गरेको बताइएको छ । यसले क्लबले सामना गर्ने वित्तीय समस्याहरू कम गर्न र स्ट्यामफोर्ड ब्रिजको पुनः विकास गर्न मद्दत पुर्याउन कोषको रूपमा काम गर्नेछ । रुसी अर्बपति रोमन अब्रामोभिचबाट प्रिमियर लिग क्लब किन्न धेरै समूहहरूले पहिले नै चासो देखाइसकेका छन् ।
सन् २००४ मा चेल्सी किनेका अब्रामोविचले तीन साता अघि क्लब बेच्ने घोषणा गरेका थिए ।
रुस-युक्रेन युद्ध सुरु भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ठ सम्बन्ध रहेको भन्दै बेलायतले अब्रामोविचलाई प्रतिबन्ध लगाएको छ । मालिकलाई प्रतिबन्ध लगाएपछि क्लब संकटमा परेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया