उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू, केही बेरमा अन्तिम परिणाम सार्वजनिक हुने
काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन अहिले मतगणना जारी रहेकाले केही बेरमा नतिजा आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । अधिकृतको कार्यालयका अनुसार कुल मतदातामध्ये ८ सय २९ मत खसेको छ । जसमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरे ।
संघीय संसदमा ३३२ र प्रदेश सभामा ५५० सांसद मतदाता रहेका थिए । जसमध्ये राप्रपाका १४ र नेमकिपाका एक जनाले मतदान गरेनन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया