चियापतिबाट यसरी सफा गर्नुहोस् भान्साका भाँडा र बट्टा
एजेन्सी । भान्सामा प्रयोग हुने भाँडाहरू सफा गर्ने काम अधिकांश महिलाका लागि टाउको दुखाइको विषय बन्छ । घर सफा र सुन्दर देखिन भाँडाकुडा सफा गर्न जरुरी हुन्छ ।
भाँडा पहेँलो हुनु वा खाद्यान्न राख्ने बट्टा चिल्लो र फोहोर हुनु धेरैको साझा समस्या हो । यिनलाई जति गरे पनि सफा गर्न मुस्किल पर्छ । तर यो समस्या समाधानको एउटा सजिलो उपाय छ । तपाईं चियापतिको सहायताले यस्ता चिल्लो र फोहोर भाँडा सहजै सफा गर्न सक्नुहुन्छ । चियापति चिया बनाउन मात्रै नभएर फोहोर निकाल्ने माध्यम पनि हो भन्दा फरक पर्दैन ।
सफा गर्न कसरी प्रयोग गर्ने चियापति ?
हामी प्रायः सबै जना चिया पकाएर चियापति फाल्ने गछौं । चिया पकाइसकेर बाँकी चियापतिले नै तपाईंले आफ्नो घरको भाँडा चम्काउन सक्नुहुन्छ । सो चियापतिमा भाँडा माझ्ने साबुन हाल्नुहोस् र चिल्लो बट्टामा उक्त मिश्रण राखेर केही समय हल्लाउनुहोस् र सफा पानीले सफा गर्नुहोस् ।
यसले तपाईंको बट्टामा भएका फोहोर र चिल्लो पदार्थ सबै सफा गर्छ र बट्टालाई नयाँजस्तै देखाउनमा मद्दत गर्छ । यही मिश्रणको प्रयोग गरेर नै तपाईं भान्साका अन्य भाँडाकुँडा पनि धुनुहोस् । यसले सबै भाँडाहरूको पहेंलोपन हटाउँछ र सफा बनाउँछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया