ल्वाङबाट लिन सकिन्छ यी फाइदा
काठमाडौं । हामी सबैको भान्छामा पाइने मसलामध्ये ल्वाङ पनि एक हो । ल्वाङ दाँत र गिजामा हुने समस्याको उपचारका लागि लामो समयदेखि प्रयोग गरिँदै आएको छ । ल्वाङमा फ्याटी एसिड, फाइबर, भिटामिन, ओमेगा–३ पनि पाइन्छ । यसमा एन्टीब्याक्टेरियल गुण हुन्छ ।
ल्वाङ खाँदा हुने फाइदाहरु निम्न छन्ः
दैनिक ल्वाङको सेवनले घाँटी दुखाइ, कब्जियत, पेट दुख्ने, ग्यास, अपच, वाकवाकी लाग्ने, वान्ता हुने समस्यामा पनि फाइदा पुर्याउँछ । यसको सेवनले पाचन शक्तिलाई मजबुत बनाउनुका साथै पेटसम्बन्धी समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।
ल्वाङमा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । राति सुत्नुअघि दुईवटा ल्वाङ खाएमा रुघाखोकी सञ्चो हुन्छ ।
दाँत दुखेको बेला तीन वटा ल्वाङ पिसेर दुखेको ठाउँमा लगाउँदा निको हुन्छ । वा बजारबाट ल्वाङको तेल ल्याएर कपास भिजाएर दुखेको ठाउँमा लगाउँदा पनि राहत हुन्छ ।
ल्वाङले ग्यास्ट्रिक जुसको स्रावलाई सुधार गरेर पाचन प्रक्रियालाई सुधार गर्छ । ग्यास, जलन, अपच र बान्ता जस्ता धेरै पेटको समस्यामा ल्वाङ लाभदायक हुन्छ ।
ल्वाङमा युजेनोल पाइन्छ, जसमा एनाल्जेसिक र एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ । जसले टाउको दुखाइमा फाइदा पुर्याउँछ । ल्वाङको तेलले मालिस गर्दा पनि टाउको दुखाइ कम हुन्छ ।
ल्वाङमा हुने पोटासियम र भिटामिन ‘ए’को मात्राले शारिरीक दुर्बलता हटाउँछ । ल्वाङले आखाँको ज्योतिलाई कायम राख्न मद्त गर्दछ । साथै पिनासको जोखिमबाट पनि बचाउँछ ।
यसमा ‘एन्टि अक्सिडेन्ट’को मात्रा अत्याधिक हुने भएकाले छालालाई नरम र चम्किलो बनाइराख्न मद्दत पुर्याउँछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया