काठमाडौं उपत्यकामा कहाँ–कहाँ स्थगित भयो स्ववियु निर्वाचन ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आइतबार स्ववियु निर्वाचन जारी छ ।
विद्यार्थी नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान गर्ने समय दिइएको छ। तर आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा भने आइतबार स्ववियु निर्वाचन नहुने निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्रका २२ अंगिक क्याम्पसहरूमध्ये त्रिचन्द्र, आर।आर। अस्कल, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।
त्यस्तै उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका ६ वटा क्याम्पसमा पनि स्ववियु निर्वाचन हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया