आईएमएफले श्रीलंकाका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने
कोलम्बो । आईएमएफले श्रीलंकाका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने भएको श्रीलंकाले जनाएको छ ।
श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सोमबार दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेज स्वीकृत गर्ने तयारी गरेको बताउँदै देशको ‘डलर सङ्कट’ अन्त्य भएको बताएका हुन् ।
श्रीलंकासँग अत्यावश्यक क्षेत्रको आयातका लागि पर्याप्त विदेशी सञ्चिति हुने बताउँदै उनले आईएमएफको प्याकेजले लगानीकर्ताको भावनालाई बढावा दिने र थप विदेशी कोष र लगानीमा देशको पहुँच बढाउने बताए ।
‘आईएमएफको प्याकेजमा श्रीलंका सरकारलाई बजेटसम्बन्धी सहयोग समावेश हुनेछ, जुन आईएमएफको कर्जाको नयाँ अंश हो,’ उनले भने । सन् २०२२ मा दक्षिण एशियाली मुलुक श्रीलंका गम्भीर आर्थिक संकटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग सम्बन्धित वार्ता सुरु गरेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया