बायरसँग बायर्न स्तब्ध

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिख पराजित भएको छ ।
बायर लिभरकुसेनसँग प्रतिस्पर्धामा उत्रिएको बायर्न २–१ को गोलअन्तगरमा स्तब्ध बनेको हो ।
खेलको २२ औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर ५५ औं मिनेटमा एक्सेक्वेल पलासिओसले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७३ औं मिनेटमा एक्सेक्वेलले पुनः पेनाल्टीबाटै दोस्रो गोल गरे जुन बायरका लागि निर्णायक रह्यो ।
योसँगै बायरले ३७ अंक जोडेर अंक तालिकाको आठौं स्थानमा ६ भने बायर्न ५२ अंकसहित दोस्रो स्थानमा छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया