प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्न : अब कहिले विश्वासको मत लिने कार्यसूची छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीले हरेक दुई–दुई महिनामा विश्वासको मत लिएर संसदलाई बिजनेस नदिएको आरोप लगाएकाे छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको विपक्षमा उभिएकाे उसले अब कहिले विश्वासको मत लिने कार्यसूची रहेको छ भनि प्रधानमन्त्रीमाथि प्रश्न गरेकाे छ । प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मत जायर गर्न सांसद विष्णुप्रसाद पाैडेलले सिंगो प्रतिनिधिसभालाई आग्रह गरे ।
प्रचण्डलाई जुन परिस्थितिमा एमालेले प्रधानमन्त्री बनाएको थियो त्यसलाई भुलेर सहमति तोडेको पौडेलले आरोप लगाए । ‘पुरानै गठबन्धनमा फर्किनु थियो भने १० पुसमा किन एमालेसँग सहकार्य गरेको ? यसको जवाफ तपाईं अहिले नदिएर भाग्न खोजेपनि इतिहासले प्रश्नको जवाफ खोजिराख्ने छन् । सहयात्री दललाई घोक्याएर राष्ट्रिय सहमति हुन सक्दैन’, प्रचण्डमाथि उनले प्रश्न राखे ।
बैठकमा एमालेको सहमतिबिना राष्ट्रिय सहमति हुन नसक्ने पौडेलले टिप्पणी गरे ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया