भारतमा कोभिड–१९ संक्रमितको संख्या ४ करोड ३० लाख नाघ्यो
काठमाडौं (एजेन्सी) । भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार चार करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२८ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति चार करोड ३० लाख ४ हजार ५ पुगेको सङ्घीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले जनाएको छ ।
यसबाहेक शुक्तबार बिहानसम्म यस महामारीका कारण १४९ को ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या पाँच लाख १६ हजार २८१ पुगेको छ ।
भारतमा हाल २९ हजार १८१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा मात्र एक हजार ६१८ सक्रिय सङ्क्रमित घटेका छन् ।कोरोना शुरु भएबाट हालसम्म भारतमा चार करोड २४ लाख ५८ हजार ५४३ सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा तीन हजार ९९७ कोरोनाबाट मुक्त भएका छन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया