डिआइजीलाई ‘नौ दिन’ को खड्गो, के होला जागिर ?
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक(डिआइजी) श्यामलाल ज्ञवालीले नागरिकताको जन्ममिति फरक पारेर जागिर खाएको विषयमा परेको उजुरीमाथि छानविन गर्न पत्राचार भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उक्त विषयमाथि छानविन गरी एक महनिाभित्र प्रतिवेदन बुझाउनका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।
उजुरीमा जनाइए अनुसार ज्ञवालीले आफ्नो नागरिकताको वास्तविक उमेर ढाँटेर प्रहरी निरीक्षकमा प्रवेश गरेका थिए । विसं २०५० मा जागिरमा प्रवेश गर्दा उनको उमेर २५ वर्ष ९ दिन भएको उल्लेख गरिएको छ ।
प्रचलित कानुन अनुसार प्रहरी निरीक्षक पदमा प्रवेश गर्दा व्यक्तिको उमेर २० वर्ष पुगेको र २५ वर्ष नपुगेको हुनुपर्ने व्यवस्था छ । नागरिकतामा भएको उनको जन्ममिति(२०२४/१२/१२) अनुसार उनी प्रहरी निरीक्षकमा छनौट भएको वर्ष (वि सं २०५०) बैशाख १ गते २५ वर्ष ९ दिन लागेको देखिन्छ ।
प्रहरी नियमावली, २०४९(दोस्रो संशोधनसहित) को नियम १३ को उपनियम(१) मा प्रहरी निरीक्षक पदको लागि हुने खुल्ला प्रतियोगितामा छनौट हुने सालको बैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेका व्यक्तिहरूले भाग लिन सक्ने व्यवस्था छ ।
यसर्थ उनी उक्त पदमा छनौट हुनका लागि ९ दिनले ढिला भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
यसबारेमा छानविन गरी एक महिनाभित्र प्रतिवेदनसहित त्यसलाई पुष्टि गर्ने कागजात बुझाउन आयोगले मन्त्तालयलाई पत्राचार गरेको छ ।
उक्त उजुरीमा ज्ञवालीले कृषि विकास बैंकमा जागिर गर्दा पेश गरेको नागरिकता, प्रहरी सेवामा पेश गरेको नागरिकता, सिटरोलमा उल्लेख गरेको जन्ममिति, शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको पनि अनुसन्धान गर्न भनिएको छ।
यसअघि अर्का प्रहरी नायब महानिरीक्षक अशोक सिंहको पनि नागरिकता सम्बन्धी उजुरी परेपछि राजजीनामा बुझाएका थिए । यस्ता धेरै प्रहरी अधिकारीहरूको नागरिकता, उमेर तथा शैक्षिक प्रमाणपत्र सम्बन्धि तथ्यहरू लुकाइएको उल्लेख गरिएको छ ।
यसरी नागरिकता तथा शैक्षिक प्रमाणपत्रको अध्ययन नै नगरी बढुवा गर्ने बढुवा समितिमाथि पनि प्रश्न उठाइएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया