एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएको छ : महासचिव पोखरेल
देउखुरी । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताए ।
प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहीत स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने बताए ।
उनले सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिए । उनले देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारुढ दललाई आग्रह गरे । उनले अस्थिरताले कोही कसैको भलो नगर्ने हुँदा गहिरिँदो आर्थिक संकट समाधान गर्दै बलियो राष्ट्र बनाउन सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया