ज्यानमार्ने धम्कीपछि सलमानको ‘शो’ सारियो

एजेन्सी । सलमान खानको कोलकातामा हुने ‘शो’ मे-जुनमा सारिएको छ । लरेन्स बिश्नोई गिरोहबाट आएको धम्कीपछि ‘शो’ स्थगित गरिएको बताइएको छ । यसअघि यो ‘शो’ जनवरीमा हुने भएको थियो । त्यस समय पनि उक्त ‘शो’ रोकिएको थियो ।
भारतिय सञ्चारमाध्यका अनुसार जनवरीमा ‘शो’ स्थगित भएपछि यसको मिति अप्रिलमा राखिएको थियो तर अहिले फेरि मिति परिवर्तन गरी मे–जुनमा सारिएको हो । सलमान खान हरेक वर्ष देश र विदेशमा दबंग टुर गर्छन् । यसमा उनीसँगै अन्य धेरै सेलिब्रेटीहरू पनि शोमा भाग लिने गरेका छन् ।
यो पटक उनीसँग सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, आयुष शर्मा र गुरु रन्धावा छन् । सलमान खानलाई इमेलमार्फत ज्यानमार्ने धक्की दिइएको छ । यसबारे जानकारी पाएलगत्तै मुम्बई प्रहरीले गैंगस्टर लरेन्स बिश्नोई, गोल्डी बरार र अर्का एक व्यक्तिविरुद्ध एफआइआर दर्ता गरेको छ। यसअघि जुन २०२२ मा पनि एक अज्ञात व्यक्तिले सलमान खान र उनका बाबुको ज्यान मार्ने धम्की दिएको थियो ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया