तीन महिना नपुग्दै गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार
काठमाडौं । माओवादी केन्द्रले गण्डकीमा खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
शुक्रबार बसेको माओवादीको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय भएको संसदीय दलका नेता एवं भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमानले बताए ।
उनकाअनुसार माओवादीका मन्त्रीहरूले आजै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् । अधिकारी सरकारमा चुमानसहित माओवादीबाट उद्योग, पर्यटनमन्त्री रेशमबहादुर जुग्जाली छन् ।
खगराजको दुः ख : १३ दिनमा गृहमन्त्री गुम्यो, तीन महिना नपुग्दै मुख्यमन्त्री नै धरापमा
माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार अल्पमतमा परेको छ । एमाले, माओवादी र राप्रपासहितको नेतृत्वमा अधिकारी २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
राष्ट्रपति निर्वाचनमा संघमा सत्ता समीकरण फेरबदल भएसँगै प्रदेशमासमेत सरकार भत्किएको हो । ६० सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन अधिकारीले ३१ सांसादको समर्थन आवश्यक पर्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया