ह्यारी केनले तोडे रुनीको रेकर्ड

काठमाडौं । इंग्ल्याण्डका स्टार स्ट्राइकर ह्यारी केनले युरो कप छनोटअन्तर्गत इटालीविरुद्धको खेलमा विशेष कीर्तिमान बनाएका छन् ।
इंग्ल्याण्डले इटालीलाई २–१ ले हराएको उक्त खेलको ४४ औं मिनेटमा उनले पेनाल्टीमार्फत गोल गरेका थिए । योसँगै उनले राष्ट्रिय टोलीमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । सन् २०१५ मा इंग्ल्याण्डको राष्ट्रिय टिममा डेब्यु गरेका उनले हालसम्म ८१ वटा खेल खेलेका छन्, जसमा उनले गरेको गोल संख्या ५४ छ ।
यसअघि वेन रुनीले ११९ औं खेलमा ५३ गोल गरेका थिए । उनले सन् २०१३ देखि २०१८ सम्म इङ्ल्यान्डका लागि खेलेका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया