उत्तर कोरियाद्वारा पानीमुनि ड्रोन परीक्षण, विज्ञ भन्छन्– दाबी सत्य भए ठूलो विनाश
काठमाडौं । उत्तर कोरियाले पानीमुनि ड्रोनको परीक्षण गरेको गरेको छ । उत्तर कोरियाको दाबीअनुसार यो ड्रोनमा ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्ने क्षमता छ ।
यो घातक हतियारको प्रक्षेपण उत्तर कोरियाली शासक किम जोङ उनको निगरानीमा भएको बताइएको छ ।
उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएले गत मंगलबार दक्षिण हमग्योङ प्रान्तको समुन्द्रमा यो गोप्य हतियार परीक्षण गरिएको जनाएको छ ।
रिपोर्टका अनुसार, ड्रोन ८० देखि १५० मिटरको गहिराइमा ५९ घण्टाभन्दा बढी समय सञ्चालन भएर पूर्वी तटमा विस्फोट भएको छ ।
तर विज्ञहरूले यसमा शंका गरेका छन् । उनीहरूले भनेका छन् नयाँ हतियारको क्षमताका सम्बन्धमा उत्तर कोरियाको दाबीमा सावधानी अपनाउनु पर्छ ।
यसैबीच, किम जोङ उनले यो हतियार अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी भएको बताएका छन् ।
केसीएनएले ‘हायल’ नामको यो हतियारबाट शत्रूका जहाज र बन्दरगाहमा ठूलो मात्रामा रेडियोधर्मी तरंग छोड्न सकिने दाबी गरेको छ । यो अन्डरवाटर ड्रोन कुनै पनि तट र बन्दरगाह वा जहाजमा तैनाथ गर्न सकिन्छ।
यदि उत्तर कोरियाको यी दावीमा सत्यता छ भने, यो ड्रोनले ठूलो विनाश निम्त्याउन सक्छ।
कोरियाली प्रायद्वीपमा यतिबेला निकै तनाव छ । यसको मुख्य कारण अमेरिका र दक्षिण कोरियाबीच पछिल्लो पाँच वर्षमा भएको सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास हो।
यसैबीच, दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले उत्तर कोरियाले आफ्नो लापरवाह उक्साहटको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया