सेनाको हेलिकप्टर चढेर आज गोरखा जाँदै राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन् ।
गोरखकाली मन्दिरको पूजा र गोरखा दरबार क्षेत्र अवलोकनका लागि राष्ट्रपति पौडेल त्यसतर्फ जान लागेका हुन् । पृथ्वीनारायण शाहको गोरखाबजारमा रहेको शालिकमा पनि उनले माल्यार्पण गर्ने कार्यक्रम छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत अहिले बिहान ९ः३० बजे पौडेल गोरखातर्फ प्रस्थान गर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।
गत फागुन २५ मा सम्पन्न निर्वाचनबाट पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि उनी उपत्यकाबाहिरको औपचारिक कार्यक्रममा पहिलो पटक सहभागी हुन लागेका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया