एयर इन्डिया र नेपाल एयरलाइन्सका जहाज झण्डै ठोक्किएपछि एटिसी कारवाहीमा

काठमाडौं । नागरिक उड्डयन प्राधिकारणले तीनजना एयर ट्राफिक कन्ट्रोलर (एटिसी) लाई कारवाही गरेको छ ।
गत शुक्रबार नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज झण्डै ठोक्किने अवस्थामा पुगेपछि उनीहरूलाई केही समयका लागि सक्रिय जिम्मवारीबाट मुक्त गराइएको प्राधिकरणका प्रवक्ता जगन्नथा निरौलाले जानकारी दिए ।
‘दुई जहाजबीचको दूरी कायम नगराएका कारण उहाँहरूलाई प्राधिरणले केही समयका लागि निष्क्रिय गरएको हो,’ उनले भने, ‘शुक्रबार नै यस घटनामाथि छानविन गर्न समिति गठन भएको छ ।’
उनका अनुसार समितिले भोलिसम्म प्रतिवेदन बुझाएपछि थप कारवाही प्रक्रिया अघि बढ्ने छ ।
मलेसियाको क्वालालम्पुरबाट आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको एयर इन्डियाका जहाज झण्डै ठोक्किएका थिए ।
त्यतिबेला एयर इन्डियाको जहाज १९ हजार फिटमा थियो भने नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटमा । एयर इन्डियाको जहाज ७ हजार फिट तल ओर्लिएपछि झण्डै दुई जहाज ठोक्किने अवस्था आएको थियो ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया