कारबाहीमा पर्दै १५ हजार कर्मचारी र जनप्रतिनिधि
काठमाडौं । राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि गरी १५ हजार ४ सय ९ जनाले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । कानुनअनुसार सम्पत्ति विवरण नबुझाएपछि यी कर्मचारी र जनप्रतिनिधिलाई कारबाही सिफारिस गरिएको छ ।
भ्रष्टाचार निवारण ऐनको दफा ५० अनुसार राष्ट्र सेवक कर्मचारी र जनप्रतिनिधिले आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । उक्त प्रावधानविपरीत यी कर्मचारी तथा जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएका हुन् ।
यस वर्ष कर्मचारी र जनप्रतिनिधि गरी १५ हजार ४०९ जनाले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।
सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक छन् । केन्द्रका अनुसार, यस वर्ष ५ हजार १६ जना शिक्षक र २ हजार ४८४ निजामती कर्मचारीको सम्पत्ति विवरण प्राप्त भएको छैन ।
त्यस्तै, जनप्रतिनिधि, सार्वजनिक संस्थानमा कार्यरत कर्मचारी, प्रहरी, राजनीति नियुक्ति लिएका ७ हजार ५ सयले पनि विवरण बुझाएका छैनन् ।
निर्धारित समयमा सम्पत्ति विवरण नबुझाएपछि केन्द्रले थप कारबाहीका लागि ती कर्मचारी तथा जनप्रतिनिधिको विवरण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाएको छ । अख्तियारले यस्ता कर्मचारीलाई ५ हजार रूपैयाँसम्म जरिवाना गर्न सक्छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया