सभामुखले भेटे प्रधानमन्त्री, के भयो कुराकानी ?
काठमाडौं । सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा केही महत्त्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा उनीहरूबीच छलफल भएको हो ।
प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया