मन्त्रिपरिषद विस्तारबारे दलहरूबीच कसरत, प्रधानमन्त्रीले गरे देउवा र माधवसँग छलफल
काठमाडौं । मन्त्रिपरिषद विस्तारका लागि छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग परामर्श गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले दुई दलका शीर्ष नेताहरूसँग मन्त्रालय बाँडफाँटबारे छलफल गरेको उनका सचिवालयले जनाएको छ । कांग्रेसले यसअघि एमालेले पाएको सबै मन्त्रालयमा दाबी गरेको छ ।
एकीकृत समाजवादीले कम्तीमा तीन वटा मन्त्रालय दाबी गरेको छ । चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत पाएका प्रचण्डले सत्ता साझेदार दलहरूबीच सहमति गरेर आज नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । ११ दलको समर्थनमा प्रधानमन्त्री भएका उनलाई मन्त्रालय भागबण्डामा सबै दललाई चित्त बुझाउन निकै कठिन रहेको छ ।
तीन दलको शीर्ष नेताहरूको बैठकले मन्त्रिपरिषद विस्तार बारे निर्णय लिन मंगलबार अपरान्ह ४ बजे सत्ता साझेदार १० दलको बैठक बस्ने सहमति गरेको छ । सोही बैठकले मन्त्रीपरिषद विस्तारको निर्णय लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया