पोखरीमा डुबेर महिलाको मृत्यु
बैतडी । पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन् ।
भागरथीको घर नजिकै रहेको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
बारीमा घाँस काटेर हातखुट्टा धुने क्रममा चिप्लेर पोखरीमा डुबेको र लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि अस्पताल लगिँदैछ । उनको श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया