प्रधानमन्त्रीविरूद्ध नाराबाजी गर्ने तीन जना कारागार चलान
काठमाडौं । मंगलबार नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जनालाई कारागार चलान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाउन आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आइतबार उनीहरूलाई अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश दिएको थियो।
कारागार संजाय पाउनेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन्।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया