संघीय सरकारले भोलि बिदा नदिने
काठमाडौं । भोलि चैते दसैंको अवसरमा संघीय सरकारले सार्वजनिक बिदा नदिने भएको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी दिल कुमार तामाङले हालसम्म सरकारले बिदा दिनेबारे निर्णय नगरेकाे जानकारी दिए । ‘भोलिको बिदा पूर्ववत रूपमा क्यालेण्डरमा पनि उल्लेख छैन,’ उनले भने, ‘बिदा दिने भनेर थप निर्णय भएर पनि आएको छैन ।’
बिहीबार रामनवमीको अवसरमा पनि बिदा दिनेबारे केही निर्णय नभएको उनले जानकारी दिए ।
गण्डकी सरकारले भोलि सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ । त्यस्तै कर्णाली प्रदेशले बिहीबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया