जग्गाको कित्ताकाट गर्न घुस माग्ने दुईजना अख्तियारको फन्दामा
काठमाडौं । मनमैंजुस्थित नापी कार्यालयमा कार्यरत दुईजनालाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।
नापी कार्यालयका सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई टंगालबाट खटिएको आयोगको टोलीले एक लाख ७५ हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा मंगलबार फेला पारेको हो ।
आयोगको टोलीले थप खानतलासी गर्दा उनीहरूबाट स्रोत नखुलेको सात लाख ६९ हजार पाँच सय रूपैयाँ र कार्कीको नाममा काटिएको १६ लाख रूपैयाँको तीन थान चेक भेटेको छ । योसँगै सर्भेक्षक उपरकोटीसँग पनि स्रोत नखुलेको एक लाख ८५ हजार तीन सय ८८ रूपैयाँ फेला परेको छ ।
उनीहरूलाई आयोगले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । सेवाग्रहीसँग घुस मागिरहेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया