मेयर बालेनलाई प्रधानमन्त्रीको जवाफ : ढुक्क हुनोस् पाँचै वर्ष मेरो सरकार टिक्छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गरेका छन् ।
बुधबारदेखि काठमाडौं महानगरपालिकाको आयोजनामा सुरू भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकर पुरै कार्यकाल टिक्ने दाबी गरेका हुन् ।
‘स्थानीय तहको निर्वाचन सम्पन्न भएदेखि संघ र प्रदेशको निर्वाचन भयो । त्यसपछि मेरै नेतृत्वमा सरकार छ । आगामी पाँच वर्षसम्म पनि आफू नेतृत्वकै सरकारले निरन्तरता पाउने विश्वास मलाई छ ।’
सम्मेलनमा मेयर बालेन शाहले सरकार टिकिरहे स्थानीय तहलाई पनि काम गर्न सजिलो हुने बताएका थिए । मेयर शाहको जवाफ फर्काउँदै उनले पाँच वर्षसम्म वर्तमान सरकारले नै निरन्तरता पाउनेमा ढुक्क हुन आग्रह गरे ।
राष्ट्रपतिको निर्वाचनमा एमालेसँगको सत्ता समीकरण बदलिएपछि कांग्रेससँग साढे दुई वर्ष काम गर्ने गरी सहमति गरेका प्रचण्डले मंगलबार पाँचै वर्ष चलाउने खुलासा गरेका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया