केही हप्ताभित्र गौतम बुद्ध क्रिकेट रंगशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या केही दिनमै समाधान हुने जिकिर गरेका छन् ।
बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै उनले अबको एक÷दुई हप्ता भित्र अहिले देखिएको समस्या समाधान हुने जिकिर गरेका हुन् ।
धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको उधारो सामान र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ ।
केही दिनअघि फाउन्डेसका अध्यक्ष सिताराम कट्टेल उर्फ धुर्मुसले उधारो सामान र ऋण तिर्न नसक्दा आफू डिप्रेसनमा गएको बताएका थिए । रकम अभावमा झण्डै डेढ वर्षदेखि रंगशालाको काम रोकिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया