नेपाल क्लियरिङ हाउसमा दुई सञ्चालक नियुक्त
काठमाडौं । नेपाल क्लियरिङ हाउसको सञ्चलाक समितिमा दुई सदस्य नियुक्त गरिएको छ । क्लियरिङ हाउसले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दाहाललाई सञ्चालकमा नियुक्त गरिएको हो ।
१४ चैतमा बसेको एनसीएचएलको २०६ औं सञ्चलाक समितिको बैंठकबाट दुबैजनालाई सञ्चालकमा नियुक्त गरेको हो ।
एनसिएचएल नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुमार्फत प्रवर्द्धित छ । बोर्डमा नेपाल राष्ट्र बैंकबाट ३, वाणिज्य बैंकबाट ३ र विकास बैंक तथा वित्त कम्पनीबाट १/१ जना र स्वतन्त्र सञ्चालक रहेका छन् ।
एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया