नयाँ वर्षलक्षित टिसिएलको नगदवृष्टि योजना, सामान खरिदमा ६१ हजारसम्म छुट
काठमाडाैं । ओम्दियाबाट प्रमाणित एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नयाँ वर्ष २०८० साललाई लक्षित गरेर ‘टिसिएल नगदवृष्टि’ योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट र उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले यो अफर चैत्र १४ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने छन् ।
ग्राहकले टिसिएलका कुनै पनि सामानको खरिदमा नगद ६१ हजार ३०० रूपैयाँसम्मको छुट पाउन सक्नेछन् भने वाशिङ मेसिन खरिदमा नगद छुटका साथै ६ केजीको एरिएल म्याटिक वाशिङ पाउडर उपहार पनि पाउन सक्ने कम्पनीको दाबी छ । त्यसैगरी एअर कन्डिसनरको खरिदमा नगद छुटका साथै ४ हजार रूपैयाँ बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन्।
यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।
नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया