भारतबाट घटेर आयो पेट्रोलको मूल्य
काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । प्राप्त नयाँ मूल्यअनुसार भारतले पेट्रोलको मूल्य प्रतिलिटर एक रूपैयाँ पचास पैसा घटाएर पठाएको छ ।
निगमका अनुसार आईओसीले डिजेलको मूल्य सात रूपैयाँ पैसा घटाएर पठाएको छ । यसअघि पनि पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेल प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।
त्यस्तै आईओसीले खान पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ८६ रूपैयाँ घटाएर पठाएको छ । आईओसीले नयाँ मूल्यसूची पठाएपनि निगमले मूल्य समयोजनबारे केही निर्णय गरेको छैन ।
हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया