गोंगबुस्थित विष्णुमती पुलको शिलान्यास
काठमाडौं । टोखा नगरपालिकाअन्तर्गत वडा नं ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको आज शिलान्यास गरिएको छ । नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको आज जगपूजा गरी शिलान्यास गरेका हुन्।
नगरपालिकोको बजेटबाट निर्माण हुने सो पुल पुष्पाञ्जलि/रालुकादेवी निर्माण कम्पनीले करिब रु चार करोडमा बनाउन लागेको र २०८० साल पुसभित्र निर्माण सम्पन्न हुने बताइएको छ । सो अवसरमा नगरप्रमुख अधिकारीले टोखावासीको मागबमोजिम व्यस्त सडकखण्डको विष्णुमती खोलामा पुल निर्माण भएपछि सहजरूपमा यातायात सञ्चालन भई जनताले ठूलो राहत पाउने धारणा व्यक्त गरे ।
साविकको गोंगबुसहित टोखा नगरवासीले विश्वास गरेर तीनपटक नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै उनले स्रोतसाधन अभावका कारण यसअघि हुन नसकेको काम पूरा सम्पन्न गरी समृद्ध टोखाको पक्षमा दिनरात खटिइरहेको बताए। वडा नं ११ का वडाध्यक्ष घनश्याम खड्काले सडक निर्माण, खानेपानी तथा ढल व्यवस्थापनसहित आमजनजीवनसँग जोडिएका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिने गरेको स्पष्ट गर्दै पुल निर्माणका क्रममा गुणस्तरमा ध्यान दिन स्थानीयसँग अनुरोध गरे ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया