माओवादी केन्द्र पहिलो पार्टी बन्ने माहोल बन्दैछ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी पहिलो पार्टी हुने माहोल बन्दै गएको दाबी गरेका छन् । प्रेस सेन्टर नेपालले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा चुनावी माहोल राम्रो हुँदै गएको दाबी गरेका हुन् ।
पार्टीको राजनीतिक र वैचारिक प्रशिक्षणका लागि आइतबार पोखरा पुगेका उनले देशभरको अवस्था हेर्दा माओवादीको पक्षमा महोल बन्दै गएको दाबी गरे ।
‘चुनावी तालमेल हुन्छ कि भनेर ढुक्क भएर नबस्नोस् । माओवादीले आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छ । अरुको बैशाखी टेकेर चुनाव लड्ने होइन’, उनले भने, ‘माओवादीले अन्य पार्टीसँग तालमोल गर्ने होइन । अन्य पार्टीले माओवादीसँग तालमेल गर्ने हो । देशभरको माहोल हेर्दा माओवादी पहिलो पार्टी हुने सम्भावना देखेको छु । चुनावको राम्रो तयारी गर्नोस् ।’
उनले स्थानीय तहको चुनावमा आवश्यकताअनुसार तालमेल हुनसक्ने बताए । तर कांग्रेसका केही जिम्मेवार नेताहरूको व्यबहार देख्दा कांग्रेससँग तालमेल हुन अप्ठ्यारो रहेको उनले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया