सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको अभियोगमा दुई कर्मचारीविरूद्ध मुद्दा
काठमाडौं । सामाजिक सुरक्षा भत्ता वितरणमा नक्कली लाभग्राही खडा गरी रकम हिनामीना गर्ने दुई कर्मचारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जाजरकोटस्थित छेडछाड नगरपालिका वडा नं १२ का तत्कालिन वडा सचिव देवीलाल जैसी र प्रशासन सकायक रत्न बहादुर कार्कीविरू आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
उनीहरूद्वयले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरूको नक्कली विवरण खडा गरी दुई लाख ७३ हजार चार सय रूपैयाँ रकम भ्रष्टाचार गरेको पाइएको छ ।
दुवैलाई सोही रकम बराबरको बिगो मागदाबी कायम गरिएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया