सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको अभियोगमा दुई कर्मचारीविरूद्ध मुद्दा
काठमाडौं । सामाजिक सुरक्षा भत्ता वितरणमा नक्कली लाभग्राही खडा गरी रकम हिनामीना गर्ने दुई कर्मचारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जाजरकोटस्थित छेडछाड नगरपालिका वडा नं १२ का तत्कालिन वडा सचिव देवीलाल जैसी र प्रशासन सकायक रत्न बहादुर कार्कीविरू आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
उनीहरूद्वयले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरूको नक्कली विवरण खडा गरी दुई लाख ७३ हजार चार सय रूपैयाँ रकम भ्रष्टाचार गरेको पाइएको छ ।
दुवैलाई सोही रकम बराबरको बिगो मागदाबी कायम गरिएको छ ।
ताजा अपडेट
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
-
सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
प्रतिक्रिया