आज अदालतमा उपस्थित हुँदै ट्रम्प, न्युयोर्कलगायत क्षेत्रको सुरक्षा व्यवस्था कडा
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफूविरुद्ध दर्ता फौजदारी मुद्दाको सुनुवाइका लागि आज अदालतमा उपस्थित हुँदैछन् । ट्रम्प अदालतमा उपस्थित हुने भएपछि न्युयोर्कलगायत क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन अवैध तरिकाले रकम दिएको, अनधिकृत ढंगले अर्बौं सम्पत्ति जोडेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएकोलगायत आरोप लगाउँदै ट्रम्पविरुद्ध मुद्दा दायर भएको छ । जसबारेको सुनुवाइका लागि ट्रम्प अदालतमा उपस्थित हुन लागेका हुन् ।
आफूमाथि लगाइएका यी सबै संगीन आरोपको ट्रम्पले लगातार खण्डन गर्दै आइरहेका छन् ।
यसैबीच, न्युयोर्क, म्यानहटनलगायत क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । ट्रम्पका समर्थकले विरोध प्रदर्शनको तयारी गरिएपछि ती क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको बिबिसीले जनाएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया